Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पश्चिम चितवनमा चितुवा नियन्त्रणका लागि दुई स्थानमा खोर राखियो

पश्चिम चितवनमा चितुवा नियन्त्रणका लागि दुई स्थानमा खोर राखियो

रासस

१९, श्रावण २०८३
पश्चिम चितवनमा चितुवा नियन्त्रणका लागि दुई स्थानमा खोर राखियो
images

चितवन । पश्चिम चितवनका बस्तीमा छिरेको चितुवालाई नियन्त्रणमा लिन दुई स्थानमा खोर राखिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले चितुवाले मानव बस्तीमा छिरेर आतङ्क सिर्जना गर्न थालेपछि भरतपुर महानगरपालिका–१५ गोपालचोकमा रहेको अविनाश पोल्ट्री फर्ममा र त्यसको एक किलोमिटर पर अर्का खोर राखिएको जानकारी दिनुभयो ।

images
images
खोरमा हालसम्म चितुवा परेको छैन । चितुवालाई आकर्षण गर्न खोरमा कुकुर राखिएको छ । यसअघि सोही क्षेत्रबाट चितुवाको बच्चालाई नियन्त्रणमा लिइएको थियो ।

यसअघि नियन्त्रणमा लिइएको चितुवाको बच्चालाई सौराहा पुर्याइ खोरमा राखिएको छ । यस क्षेत्रमा एउटा माउ र बच्चा अझै रहेको बताइन्छ । रासस

 
 

images
प्रकाशित मिति :श्रावण १९, २०८३ मंगलवार - १६:१८:२४ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology