काठमाण्डौं, ६ चैत्र ।
आज देशको पहाडी क्षेत्रका केही ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि काठमाण्डौका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
यस्तै, अन्य पहाडी क्षेत्रमा पनि हावाहुरीसहित चट्याङ्ग र वर्षा हुने महाशाखाले जनाएको छ।
आज देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने पनि महाशाखाले जनाएको छ। देशका धेरै ठाउँमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव परेको छ ।