Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

सुनसरी–सिरहा घटनामा सबै दलको एकताले ठूलो संकट टर्यो : सांसद खरेल

सुनसरी–सिरहा घटनामा सबै दलको एकताले ठूलो संकट टर्यो : सांसद खरेल

images

इच्छाकामना न्युज

१९, श्रावण २०८३
सुनसरी–सिरहा घटनामा सबै दलको एकताले ठूलो संकट टर्यो : सांसद खरेल
images

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले सुनसरी र सिरहामा विकसित घटनाका क्रममा सरकार, संसद् र राजनीतिक दलहरूले देखाएको समन्वयका कारण देशले सम्भावित ठूलो संकटबाट मुक्ति पाएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले नेपालले विगतदेखि नै राष्ट्रिय संकटका बेला एकजुट भएर सामना गर्ने परम्परा कायम राख्दै आएको बताए । ‘मुलुक जब सङ्कटमा आउँछ, त्यस्तोबेला नेपालको इतिहासदेखि सबै एक ठाउँमा आउँछौँ र त्यसको सामना गर्छौं । यस पटक सुनसरी–सिरहाको घटनामा सो देखियो,’ उनले भने, ‘सरकारले राम्रोसँग सोधबुझ र व्यवस्थापन गर्यो र सभामुख ज्यूले त्यही अनुसारको निर्देशन दिनुभयो ।
विपक्ष दलहरूले पनि देश र जनतालाई नै केन्द्रमा राखेर भूमिका निर्वाह गर्नुभयो ।’उनले पछिल्लो घटनामा पनि सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गरेको बताए । खरेलले सरकारले घटनाको प्रभावकारी रूपमा जानकारी संकलन, समन्वय र व्यवस्थापन गरेको तथा सभामुखले पनि आवश्यक निर्देशन दिएको बताए ।

विपक्षी दलहरूले समेत राजनीतिक स्वार्थभन्दा देश र जनतालाई प्राथमिकतामा राखेर जिम्मेवार भूमिका खेलेको उनले बताए । उनले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै पक्ष सफल भएको बताउँदै उनले भविष्यमा पनि यस्तै राष्ट्रिय एकता आवश्यक रहने बताए । 

images
प्रकाशित मिति :श्रावण १९, २०८३ मंगलवार - १५:३३:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology