चितवन चैत्र,६। भरतपुर–२६ रहेको दिव्यनगर खानेपानी आयोजना सम्पन्न गर्नको लागि बुधबार सम्झौता भएको छ । उक्त खानेपानी आयोजना निर्माण भएसँगै आठ हजार ८७० जनसंख्या लाभान्विaत हुने अपेक्षा गरिएको छ । आयोजनाको कुल लागत रकम २० करोड ९८ लाख ४१ हजार १८१ रूपैयाँ १८ पैसा रहेको छ । कुल लागतको भार ९० प्रतिशत नेपाल सरकारले र १० प्रतिशत उपभोक्ता संस्थाले लिनेछन् । भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले दिव्यनगर खानेपानी आयोजना निर्माणपछि १ हजार ८५५ घरधुरीले शुद्ध खानेपानी पाउने बताए । उनले भने, ‘खानेपानी आयोजना निर्माणको लागि चार पक्षबीच सम्झौता भएको छ, अब चाँडै ठेक्का प्रक्रिया अघि बढ्छ ।’ उनले उक्त खानेपानी आयोजना निर्माणको लागि तत्कालीन नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले दुई वर्षअघि नै सम्बन्धित निकायमा माग गरेका थिए ।महानगर प्रमुख रेनु दाहालका अनुसार दिव्यनगर खानेपानी आयोजना निर्माणका लागि भरतपुर महानगरपालिकामा चार पक्षबीच सम्झौता भएको छ । सम्झौता पत्रमा भरतपुर महानगर प्रमुख रेनु दाहाल र भरतपुर २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल, दिव्यनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तुलाराम आचार्य, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका आयोजना प्रमुख जगरनाथ दासले हस्ताक्षर गरेका छन् । वडाध्यक्ष खनालले यही चालू आर्थिक वर्षभित्र खानेपानी आयोजनाको निर्माण कार्य सुरू हुने बताए । उनले भने, ‘तोकिएकै समयमा आयोजना पूरा गरी दिव्यनगरवासीलाई खानेपानी पु¥याउने योजना सफल हुनेछ ।’ उनका अनुसार आर्थिक वर्ष २०७९र८० मा आयोजना सम्पन्न गरिसक्ने सम्झौता पत्रमा उल्लेख छ । सम्झौतामा निर्माण सुरू गर्ने र सम्पन्न गर्ने महिना र गते तोकिएको छैन ।