Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भद्रकाली स्थित नेपाली सेनाको हेडक्वाटरको आर्मी अफिसर्स क्लवमा आगलागी

भद्रकाली स्थित नेपाली सेनाको हेडक्वाटरको आर्मी अफिसर्स क्लवमा आगलागी

इच्छाकामना न्युज

५, चैत्र २०७७
भद्रकाली स्थित नेपाली सेनाको हेडक्वाटरको आर्मी अफिसर्स क्लवमा आगलागी

काठमाडौं, ५ चैत । नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित एक भवनमा आगलागी भएको छ । आर्मी अफिसर क्लबको साउना गर्ने कोठामा आगलागी भएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । साउना कोठामा भएको आगो नियन्त्रणमा आइसकेको र कुनै पनि क्षति नभएको प्रवक्ता पौडेलले बताए ।

images

आगो नियन्त्रणका लागि नेपाली सेनाको एउटा दमकल र दुई वटा पानी ट्याङ्कर, काठमाडौं महानगरको दुई वटा दमकललगायत सेनाका झण्डै डेढ सय जना खटिएका थिए । जङ्गीअड्डामा आगो लागेको हल्ला चलेको थियो । सैनिक प्रवक्ता पौडेलले भने जंगीअड्डामा नभई आर्मी अफिसर क्लबको एउटा कोटामा सामान्य आगो लागेको जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र ५, २०७७ बिहिवार - १६:३६:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology