Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गैँडा गणनाको राष्ट्रिय अभियान चैत ९ गतेबाट

गैँडा गणनाको राष्ट्रिय अभियान चैत ९ गतेबाट

images

सिआईएन

५, चैत्र २०७७
गैँडा गणनाको राष्ट्रिय अभियान चैत ९ गतेबाट
images

काठमाण्डौं, ५ चैत्र । 
गैँडा गणनाको राष्ट्रिय अभियान चैत ९ गतेबाट सुरु हुने भएको छ । गतवर्ष कोरोना सङ्क्रमणका कारण अन्तिम समयमा स्थगित भएको गैँडा गणना कार्य खोप अभियान सुरु भएसँगै सुरु हुन लागेको छ । 
गणनाका लागि ४० वटा हात्ती र २ सय जनशक्ति परिचालन गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सीआइएनलाई जानकारी दिनुभयो । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिँदै आएको थियो । 
यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । यस वर्षमात्रै २६ वटा गैँडा मृत अवस्थामा फेला परेको र २ वटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट भारत पुगेका छन् । भारत पुगेका गैँडालाई नेपाल फर्काउने विषयमा पहल भइरहेको पनि निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । 

images
प्रकाशित मिति :चैत्र ५, २०७७ बिहिवार - ०९:३५:१९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology