Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

नेपाली सेनाको श्रमदानमा महाकाली नदीको गाइडबण्ड पुनःनिर्माण सम्पन्न

नेपाली सेनाको श्रमदानमा महाकाली नदीको गाइडबण्ड पुनःनिर्माण सम्पन्न

images

रासस

८, श्रावण २०८३
नेपाली सेनाको श्रमदानमा महाकाली नदीको गाइडबण्ड पुनःनिर्माण सम्पन्न
images

महेन्द्रनगर।नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको पक्की पुलसँगै बनेको ड्याम (गाइडबण्ड) पुनःनिर्माण सम्पन्न भएको छ ।

यहाँस्थित श्री नं २५ बाहिनी अड्डाको संयोजन र सुदूरपश्चिम पृतनाको सहयोगमा ४०० भन्दाबढी सेना परिचालन गरी ३५० मिटर ड्याम मर्मत तथा पुनःनिर्माण गरिएको हो । पुलको उत्तरतर्फको ड्यामको ३५० मिटर भाग पुनःनिर्माण गरी सम्भावित विपद् क्षति न्यूनीकरणमा सहयोग पु¥याएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । पुनःनिर्माणका लागि निर्माण सामग्री र प्राविधिक सहयोग सडक डिभिजनले गरेको थियो ।

त्यसैगरी महाकाली नदीमा बाढी आएर हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि हाल १५० सेना तयारी अवस्थामा रहेको पृतनाले जनाएको छ । सैनिक जनसम्र्पक निर्देशनालयका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले महाकाली नदीमा ड्याम पुनःनिर्माणको सेनालाई दिइएको जिम्मेवारी पूरा गरेको जानकारी दिनुभयो ।

“नदीमा जलस्तर बढ्नुअघि नै ड्याम पुनःनिर्माणका लागि दिइएको जिम्मेवारी अहिलेलाई पूरा गरिएको छ”, उहाँले भन्नुभयो, “ बाढी आएर हुनसक्ने सम्भावित क्षति न्यूनीकरणमा खटिन सेना अझै त्यहाँ तयारी अवस्थामा राखिएको छ ।” आसन्न मनसुनबाट महाकाली नदीमा बाढी आएर हुनसक्ने सम्भावित विपद् टार्न गत वर्ष पनि सो ड्याम निर्माणमा काम गरिएको थियो । रासस

images
प्रकाशित मिति :श्रावण ८, २०८३ शुक्रवार - १७:१२:४८ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology