Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आजको मौसमः पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली

आजको मौसमः पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली

images

इच्छाकामना न्युज

४, चैत्र २०७७
आजको मौसमः पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली
images

काठमाडौं , ४ चैत । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। हाल सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।

बुधवार दिउँसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागहरूमा आंशिक बदली रहने छ।अपरान्ह पश्चात गण्डकी, बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना रहेको छ ।


राती देशका पहाडी भूभागहरुमा आंशिक बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागको एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - १०:२१:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology