काठमाडौँ। सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ को तयारी गरेको छ ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ का तयारी गरेको हो ।
“रोगको नियन्त्रणमा पहिले भन्दा धेरै नै प्रगति भएको छ । मनसुनजन्य रोगको क्षति न्यूनीकरण गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “सचेतना अभियान सञ्चालन र रोग लाग्न नदिन विभिन्न उपायबारे छलफल भइरहेको छ ।”
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा राधिका थपलियाले मनसुनजन्य रोगको रोकथाम गर्न सामाजिक सञ्जालबाट सर्वसाधारणलाई सचेतना गराउन थालिएको जानकारी दिनुभयो । “हामीले रोग नै लाग्न नदिनका लागि सर्वसाधारणलाई सामाजिक सञ्जालबाट सचेतना अभियान सञ्चालन गराउन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिलको तुलनामा सर्वसाधारणमा सचेतना बढेकाले रोगको प्रकोप पनि कम हुँदै गएको छ ।”
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख जनरल कन्सल्टेण्ट फिजिसियन डा विमल शर्मा चालिसेले रोगको स्रोत र जोखिमका कारणमै रोकथामका काम गर्नु कम खर्चिलो र प्रभावकारी हुने बताउनुभयो । उहाँले डेङ्गी हैजा, झाडापखला जस्ता रोग मनसुनमा बढी देखिने भएकाले सचेत रहन आग्रह गर्नुभयो । महाशाखाका कीटजन्य शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असारदेखि असोजसम्म पानीजन्य रोगका प्रकोप बढी हुने भएकोले सचेत रहन आग्रह गर्नुभयो । उहाँले मनसुन सुरु हुन साथ डेङ्गी सङ्क्रमण बढन् बताउनुभयो । रासस