काठमाडौं।साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले सातौँपटक विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो ।
यस जितसँगै अर्जेन्टिना लगातार उपाधि रक्षा गर्ने लक्ष्यतर्फ एक कदम नजिक पुगेको छ । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा अर्को बलियो प्रतिद्वन्द्वी इङग्ल्यान्डको सामना गर्नेछ ।