Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी गाउँपालिकामा सञ्चालित सहकारीहरुको समन्वय समिति गठन

आँबुखैरेनी गाउँपालिकामा सञ्चालित सहकारीहरुको समन्वय समिति गठन

चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाईने

इच्छाकामना न्युज

४, चैत्र २०७७
आँबुखैरेनी गाउँपालिकामा सञ्चालित सहकारीहरुको समन्वय समिति गठन
images

आँबुखैरेनी, ४ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित विभिन्न सहकारी संस्थाहरुको प्रवद्र्धन गर्नका लागि गाउँपालिका स्तरीय सहकारी समन्वय प्रवद्र्धन समिति गठन गरिएको छ। मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष भगवानदाश मल्ल संयोजक रहने गरि ९ सदस्यीय गाउँपालिका स्तरीय सहकारी समन्वय प्रवद्र्धन समिति गठन गरिएको हो ।

images
images

समितिको सह– संयोजकमा एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बाबुराम देवकोटा, सचिवमा आँबुखैरेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनिल श्रेष्ठ, सदस्यहरुमा बरादी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छान प्रसाद अधिकारी, दिपज्योती बचत तथा ऋण सहकारी संस्थाका विरु गुरुङ, माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रत्न कुमार श्रेष्ठ, अकला सहकारी संस्थाका अध्यक्ष मीना अधिकारी, मिलिजुली कृषि उत्पादक सहकारी संस्थाका अध्यक्ष इश्वरबाबु गौली र मित्रता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र कंडेल रहेका छन् । यसैबिच समितिको शुक्रबार बसेको बैठकले २ वटा निर्णयहरु गरेको छ ।

जसमा आगामी चैत १२ गते बृहत बैठक सञ्चालन गर्ने र चैत २० गते परेको राष्ट्रिय सहकारी दिवस आँबुखैरेनीका सम्पूर्ण सहकारीहरु मिलि भव्य रुपमा मनाउने निर्णय गरिएको समितिका सचिव अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - ०९:५५:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology