Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए सन्यास

अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए सन्यास

इच्छाकामना न्युज

२२, आषाढ २०८३
अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए सन्यास

काठमाडौं। ब्राजिलियन फुटबलर नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् ।

images
अमेरिकाको न्युजर्सी रंगशालामा नेयमारले ब्राजिलका लागि सान्तवना गोल गरेका थिए । इन्जुरी टाइममा पेनाल्टीमार्फत प्रतियोगितामा एक गोल मात्र गरेका थिए ।

नेयमारले चारवटा फिफा विश्वकप खेले । जारी विश्वकपमा भने उनी पूर्ण फिट नभएका कारण दुई खेलमा मात्रै वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए ।

नेयमार ब्राजिलियन राष्ट्रिय पुरुष टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । सन् २०१० मा सिनियर टोलीबाट डेब्यू गरेका ३४ वर्षीय नेयमारले ब्राजिलका लागि १२९ खेलमा ८० गोल गरे ।

 

 
 

images
प्रकाशित मिति :आषाढ २२, २०८३ सोमवार - ११:४५:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology