Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अस्पताल निर्माणको लागि केन्द्रमा सिफारिस

आँबुखैरेनीको सत्रसयमा बन्ने भो १५ बेडको आँबुखैरेनी अस्पताल

आँबुखैरेनीको सत्रसयमा बन्ने भो १५ बेडको आँबुखैरेनी अस्पताल

images

इच्छाकामना न्युज

४, चैत्र २०७७
आँबुखैरेनीको सत्रसयमा बन्ने भो १५ बेडको आँबुखैरेनी अस्पताल
images

आँबुखैरेनी, ४ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकामा निर्माण हुने १५ बेडको आँबुखैरेनी अस्पतालको लागि जग्गा सिफारिस भएको छ । अस्पताल निर्माणका लागि वडा नं. १ स्थित सत्रसयमा रहेको वडा कार्यालय सँगैको करिब १४ रोपनी ऐलानी जग्गा सिफारिस भएको हो। सोहि स्थानमा हाल आधारभुत स्वास्थ्य केन्द्र समेत रहेको छ। 

फागुनमा सम्पन्न गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरेरै सर्वसम्मत रुपमा आँबुखैरेनी अस्पताल निर्माणको लागि सत्रसयमा स्थान तय गरि सिफारिश गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । अधिकृत पोखरेलका अनुसार सिफारिस गरिएको स्थानलाई स्वीकृत भएर आएपछि अस्पताल निर्माणको काम थालिनेछ । 

यसैबिच आफ्नो वडामा अस्पताल निर्माण हुने भएपछि आँबुखैरेनी १ का स्थानीयहरुमा खुशी छाएको छ । आँबुखैरेनी अस्पताल आफ्नै ठाउँमा बन्ने भएपछि आफुलाई औधी खुशी लागेको वडा नं. १ का वडाध्यक्ष किसान थापाले बताउनुभयो । ‘यसले आँबुखैरेनी १ को पूर्वाधार विकासमा कोसेढुङ्गा सावित हुन सक्छ’ –उहाँले भन्नुभयो । पर्याप्त सार्वजनिक जग्गाका साथै मुख्य राजमार्गबाट नजिकै शान्त वातारण भएकोले अस्पताल निर्माणका लागि उपयुक्त स्थल भएकोले पनि आँबुखैरेनी अस्पताल निर्माणको लागि यो स्थान उत्तम भएको पनि वडाध्यक्ष थापाले बताउनुभयो । 

यहि २०७७ मंसिर १२ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम अस्पताल नभएका २ सय ५९ वटा स्थानीय तहमा भुगोल र जनसंख्याको अवस्था हेरी ५ देखि १५ बेडको अस्पताल निर्माण गर्न सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र गरेको थियो । सोहि परिपत्र अनुसार मन्त्रालयले फागुन मसान्तसम्मको समयसीमा तोकी स्थानीय तहलाई अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गरि पठाउन परिपत्र गरेको थियो ।

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - ०९:४५:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology