Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भटमासको तेल निर्यात तेब्बर

भटमासको तेल निर्यात तेब्बर

images

इच्छाकामना न्युज

४, चैत्र २०७७
भटमासको तेल निर्यात तेब्बर
images

काठमाण्डौ चैत,४। चालू आर्थिक वर्ष ०७७/७८ को ६ महिनामा भटमास तेल (सोयविन) निर्यात दुई सय ८९ प्रतिशतले बढेको छ । मुलुकबाट सबैभन्दा बढी निर्यात हुने भटमासको तेल ६ महिनामै यति धेरै प्रतिशतले वृद्धि भएको हो । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकअनुसार, ६ महिनामा १७ अर्ब ३३ करोड ३४ लाख रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ । यो नेपालबाट निर्यात हुने वस्तुहरूमध्ये सबैभन्दा धेरै हो । अघिल्लो वर्ष सो अवधिमा ४ अर्ब ३७ करोड ७३ लाख ५५ हजार रुपैयाँको भटमास तेल निर्यात भएको थियो । भारतले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाएसँगै व्यवसायीले भटमास तेलको कच्चा पदार्थ आयात गरेर पुनः निर्यात गरेका हुन् । विदेशबाट भटमासको कच्चापदार्थ ल्याई पुनः प्रशोधन गरेर भारत निर्यात गर्ने क्रम बढेको छ । ६ महिनाको अवधिमा व्यवसायीले १७ अर्ब ६७ करोड १२ लाख २ हजार रुपैयाँ बराबरको भटमासको कच्चा पदार्थ आयात गरेका छन् । कच्चा पदार्थ आयात गरेर मुलुकमा प्रशोधन गरी व्यवसायीले पुनः निर्यात गर्ने गरेका छन् । नेपालबाट निर्यात हुने वस्तुमध्ये शीर्षस्थान ओगटेको प्रशोधित पाम तेलमा भारतले गत वैशाखदेखि प्रतिबन्ध लगाएपछि अहिले त्यसको स्थान भटमास तेलले लिएको छ । तथ्यांकअनुसार चालू आवको सुरूदेखि नै प्रशोधित भटमासको तेल नेपालको पहिलो निर्यातयोग्य वस्तु बनेको हो ।नेपाली व्यवसायीहरूले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेसिया तथा युक्रेनबाट भटमास आयात गर्छन् । मुलुकमा प्रशोधन गरी भारत निर्यात गर्छन् । सबैभन्दा बढी कच्चा भटमास तेल अर्जेन्टिनाबाट आयात हुने गरेको छ । केन्द्रका अनुसार, यी वस्तु नेपालबाट निर्यात गर्दा महसुल लाग्दैन । अन्य मुलुकबाट नेपाल आयात गर्दा पनि गुणस्तरका आधारमा थोरै भन्सार लाग्छ । पुनः भारत निर्यात गर्दा महसुल नलाग्ने हुँदा व्यवसायी कच्चापदार्थ ल्याई प्रशोधन गरेर निर्यात गर्नेतर्फ आकर्षित भएका हुन् । पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा कृषिजन्य वस्तु निर्यातमा छुट दिएकाले पनि भटमासको कच्चा पदार्थ आयात गरेर ठूलो परिणाम निर्यात भएको बताउँछन् । यस्तै नेपालबाट निर्यात हुनेमा दोस्रो नम्बरमा अलैंची परेको छ । ६ महिनामा अलैंचीको निर्यातमा ५१ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ७६ लाख ४१ हजार रुपैयाँको निर्यात भएको केन्द्रको तथ्यांक छ । अघिल्लो वर्ष सो अवधिमा २ अर्ब ५१ करोड ८२ लाख १० हजार रुपैयाँको निर्यात भएको छ । यस्तै चिया निर्यातमा ६७ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ५३ लाख ९७ हजार रुपैयाँको निर्यात भएको केन्द्रको तथ्यांक छ । अघिल्लो वर्ष ६ महिनामा १ अर्ब ६५ करोड ६९ लाख ७५ हजार रुपैयाँको निर्यात भएको थियो । यस्तै ६ महिनामा चाउचाउ र पास्ता निर्यातमा ६३ प्रतिशतले बढेर ९५ करोड ४ लाख ३९ हजार रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ५८ करोड १८ लाख ५७ हजार रुपैयाँको निर्यात भएको थियो ।
यस्तै ६ महिनामा मुलुकबाट छालाका उत्पादनको निर्यातमा ६१ प्रतिशतले बढेर २ अर्ब १७ करोड १३ लाख ६६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो वर्ष सो अवधिमा १ अर्ब ६५ करोड ६९ लाख ६८ हजार रुपैयाँको निर्यात भएको थियो । ६ महिनामा मुलुकबाट निर्यात ६ प्रतिशतले बढेर ६० अर्ब ७९ करोड ९२ लाख ४ हजार रुपैयाँ बराबेका वस्तु निर्यात भएको केन्द्रको तथ्यांक छ । अघिल्लो वर्ष सो अवधिमा ५७ अर्ब २७ करोड ९७ लाख ४८ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो । कोरोना भाइरस (कोभिड–१९)को प्रभावले आयात घटे पनि निर्यात भने बढ्दै गएको छ ।

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - ०५:३९:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology