Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

images

इच्छाकामना न्युज

४, चैत्र २०७७
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
images

काठमाडौं,चैत४। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेलरमटितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ । हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यास तथा हवाई इन्धन (आन्तर्राष्ट्रिय उडान तर्फ)को खुद्रा बिक्री मूल्य यथावत नै कायम राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।यो मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू। ९.३५, डिजेलमा प्रति लिटर रू. ५.८० र एलपी ग्यासमा प्रति सिलिण्डर रू.३९२.८२ घाटा कायम रहने उनले बताए । अर्धमासिक रूपमा निगमलाई करिब १ अर्व २७ करोड ७० लाख घाटा रहिरहने उपाध्यायले जानकारी दिए ।न नेपालको प्रदेश नम्बर-६ शाखाको गठन भएको छ । हिजो सोमबार भएको भर्चुअल बैठकले कार्यसमिति चयन गरेको हो । शाखाका अध्यक्षमा चिन्तन नेपाल र उपाध्यक्षमा सुवास सिंह ठकुरी चयन भएका छन् । यस्तै सचिवमा देब सजन सुनार, सह(सचिवमा सुरज वली, कोषाध्यक्षमा जनक चन्द ऋतु र सह कोषाध्यक्ष-धुर्ब सँज्याल चयन भएका हुन् यस्तै शाखाको कार्यसमियी सदस्यहरुमा सरोजश्री सेन्चुरी, रमा नेपाली, बाबुराम भट्टराई, श्यामल थापा मधु, कल्पना कठायत, नूर पाण्डे, सोनु खड्का र अनमोल शर्मा रहेका छन् । शाखा संयोजक चिन्तन नेपालको अध्यक्षतामा बसेको बैठकमा सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय संरक्षक समर चेम्जोङ आभास, अध्यक्ष जीवित खड्का मगर, प्रचारप्रसार विभाग प्रमुख अजित क्षेत्री, केन्द्रिय सदस्य सुमित्रा सुमी, देब सजन सुनार, ज्योत्सना श्रेष्ठ, सुवास सिहं ठकुरी, जनक चन्द ऋतु, धुर्ब सँज्याल, बाबुराम भट्टराई बाबु लगायतको उपस्थिति थियो । विविध थुप्रै विषयमा छलफल गरिए पनि समिति गठनको कार्यलाई मुख्य प्राथमिकतामा राखिएको थियो ।

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - ०५:२७:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology