काठमाडौं ।शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ ।
राजनीतिक विश्लेषक डिएगो सेकेराका अनुसार अमेरिकी प्रशासनका कानुनी तथा प्रशासनिक कदमहरूले नै प्रतिबन्धले राहत प्रवाहमा प्रत्यक्ष अवरोध पुयाएको स्पष्ट देखिन्छ । संयुक्त राष्ट्रसंघका अनुमानअनुसार उक्त विपदबाट करिब ७० लाख मानिस प्रभावित भएका छन् भने करिब ६.७ अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ, जुन भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादनको करिब ६ प्रतिशत हो ।
गत जुन २४ मा उत्तर भेनेजुएलामा लगातार दुई वटा ७.० भन्दा माथि म्याग्निच्युडका शक्तिशाली भूकम्प गएको थियो । ती भूकम्पपछि मृत्यु संख्या बढेर १,९४३ पुगेको छ भने १०,००० भन्दा बढी घाइते भएको भेनेजुएला राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले जानकारी दिएका छन् ।
सरकारले संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूसँग मिलेर प्रभावित समुदायमा राहत पु¥याउने प्रयास गरिरहेको जनाएको छ । सीसीटीभी