Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चितवनमा यातायात क्षेत्रका ६ जना बिचौलिया पक्राउ

चितवनमा यातायात क्षेत्रका ६ जना बिचौलिया पक्राउ

images

इच्छाकामना न्युज

२, चैत्र २०७७
चितवनमा यातायात क्षेत्रका ६ जना बिचौलिया पक्राउ
images

चितवन चैत,२। यात्रुलाई अनावश्यक रुपमा दुख दिने यातायात क्षेत्रका बिचौलियाका विरुद्धमा चितवन प्रहरीले कारबाही प्रकृया अगाडि बढाएको छ । यात्रुसँग बढी भाडा माग्ने, अनावश्यक रुपमा सवारी साधन रोक्न लगाएर सवारी साधन आवागमनमा बाधा पु¥याउने लगायतका विभिन्न काममा संलग्न व्यक्तिका विरुद्ध चितवन प्रहरी कडा रुपमा प्रस्तुत भएको हो । पछिल्लो समय चितवन प्रहरीले यातायात क्षेत्रका ६ जना बिचौलिया पक्राउ गरेको छ । चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाकाअनुसार नारायणगढको पुलचोकमा यात्रुलाई तानातान गर्ने, यात्रुसँग जथाभावी भाडा माग्ने, अनावश्यक रुपमा सवारी साधन रोक्न लगाई सवारी आवागमनमा बाधा पार्ने जस्ता क्रियाकलाप गरी यात्रु तथा सवारीसाधनलाई अनावश्यक हैरानी दिने गरेको कारण उनीहरुलाई पक्राउ गरिएको हो । बिचौलियाहरुले ड्युटीमा खटिएका प्रहरीलाईसमेत पटक पटक बाधा अवरोध सिर्जना गरेको हुँदा पुलचोकबाट ६ जनालाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको थापाले जानकारी दिए । थापाकाअनुसार प्रहरीले लम्जुङको बेशीशहर नगरपालिका–८ का २२ वर्षीय अमृत परियार, चितवनको भरतपुर–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन रानामगर, भरतपुर–११ का ३२ वर्षीय दीलिप अधिकारी, कास्कीको पोखरा महानगरपालिका–२६ का २५ वर्षीय निशान तामाङ र चितवनको भरतपुर–४ का २५ वर्षीय रोशन खत्रीलाई पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - १३:२६:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology