Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

images

रासस

३, आषाढ २०८३
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि
images

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्य दशमलव शुन्य आठ अङ्कले उकालो लागेर दुई हजार सात सय पाँच दशमलव ५३ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव २० अङ्कले घटेर चार सय ६४ दशमलव ४३ मा सिमित भएको छ ।

कुल ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर रु तीन अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा एनआरएन इन्फास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्स, बुङ्गल हाइड्रो, सेन्ट्रल फाइनान्स, आँखु खोला जलविद्युत् कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, बुङ्गल हाइड्रो, त्रिशूली जलविद्युत् कम्पनी, एबिएल डिवेञ्चरका लगानीकर्ताले कमाएका छन् । एनएमबी डिवेञ्चर, प्राइम डिवेञ्चर, एबिएस डिवेञ्चर, डोल्टी पावर कम्पनी र लक्षमी उन्नति कोषका लगानीकर्ताले भने गुमाएका छन् । रासस

 
 

images
प्रकाशित मिति :आषाढ ३, २०८३ बुधवार - १६:५६:२९ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology