Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

images

रासस

२८, जेठ २०८३
भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद
images

काठमाडौँ।प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी रु सात लाख बराबरको आइफोन मोबाइल बरामद गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको छ ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख ६५६६ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएका संयुक्त प्रहरी टोलीले कालो झोलामा राखी ल्याइएको बिलबिजक बिनाका उक्त आइफोन मोबाइल बरामद गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । रासस

images
प्रकाशित मिति :जेठ २८, २०८३ बिहिवार - १३:३०:१४ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology