Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

म्यानमारमा श्रद्धाञ्जली सभामै सेनाले गोली चलायो, १२ जनाको मृत्यु

म्यानमारमा श्रद्धाञ्जली सभामै सेनाले गोली चलायो, १२ जनाको मृत्यु

images

एजेन्सी

१, चैत्र २०७७
म्यानमारमा श्रद्धाञ्जली सभामै सेनाले गोली चलायो, १२ जनाको मृत्यु
images

म्यानमारका सुरक्षाकर्मीले शनिबार श्रद्धाञ्जली सभामा अन्धाधुन्ध गोली चलाउँदा १२ जना सर्वसाधारणको मृत्यु भएको छ । सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिक माथि सुरक्षाकर्मीले गोली चलाएका थिए।

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डले र प्याये शहरमा उनीहरुको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । मृत्यु हुनेमा १३ वर्षीय बालक पनि रहेका छन्। केही साताअघि मृत्यु भएका एक युवकको पुण्य तिथिमा म्यानमारका विभिन्न शहरमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। गोली लागेर कैयौं घाइते भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार घाइतेलाई अस्पताल लगिएको छ तर उनीहरुको पहिचान गर्न सुरक्षाबलले रोकेको छ। गत फेब्रुअरी १ मा सेनाले कु गरेर सत्ता हातमा लिएयता सुरक्षाकर्मीको गोलीबाट ७० भन्दा बढी नागरिकको ज्यान गइसकेको छ। लोकतन्त्रवादी नेतृ आङसाङ सुकी लगायतका शीर्ष नेतालाई नजरबन्दमा राखिएको छ।

यसैबीच म्यानमारमा सैन्य ‘कु’को विरोध गर्ने नागरिकलाई अमेरिकाले आश्रय दिने घोषणा गरेको छ। राष्ट्रपति जो बाइडेन प्रशासनले पीडित नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने बताएका हुन्। यो व्यवस्था मार्च ११ पछि आवतजावत गर्नेलाई लागू हुने पनि अमेरिकाले जनाएको छ। सेनाले सत्ता हातमा लिएपछि अमेरिकाले विरोध गर्दै आएको रोयटर्सले जनाएको छ।

images
प्रकाशित मिति :चैत्र १, २०७७ आइतवार - ०८:१९:०२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology