म्याग्दी।म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १४ वटा विद्यालयमा कक्षा १ मा मगर खाम भाषामा पठनपाठन गराउन थालिएको हो ।
महादेव मावि, पार्वती आधारभूत, कालिका मावि, जनता मावि, शिव आधारभूत, अमर मावि (चिमखोला), सिद्ध आधारभूत, महेन्द्र मावि, शिशुकल्याण आधारभूत, अमर मावि (पाखापानी), हरि आधारभूत, रायखोर र जनआदर्श आधारभूत विद्यालयमा मगर भाषामा पठनपान सुरु भएको उहाँले जानकारी दिनुभयो । नेपाल एकीकरणको समयदेखि तत्कालीन रिडीखोला/कालीगण्डकी नदीबाट पूर्वका १२ र पश्चिमका १८ मगर राज्यहरूको अस्तित्व मेटिएसँगै मगर खाम भाषा र लिपिको इतिहास मेटिँदै गएको जानकारहरू बताउँछन् ।
रघुगङ्गा-१, ४, ५, ६ र ७ वडामा मगर समुदायको बाहुल्य बसोबास छ । वडा नं ८ कुइनेमङ्गले र वडा नं ६ को ठाँडाखानीमा अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास छ । गाउँपालिकाका अध्यक्ष भण्डारीले छन्त्याल भाषामा पनि पठनपाठन गराउन पहल भएको बताउनुभयो । वडा नं २ भगवती र वडा नं ३ पिप्लेमा क्षेत्री, दलित, ब्राह्मण र ठकुरी समुदायको बसोबास छ । रासस