Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

एक सातादेखि सगरमाथामा हराएका ओखलढुंगाका दावा शेर्पा जीवितै भेटिए

एक सातादेखि सगरमाथामा हराएका ओखलढुंगाका दावा शेर्पा जीवितै भेटिए

images

रासस

२१, जेठ २०८३
एक सातादेखि सगरमाथामा हराएका ओखलढुंगाका दावा शेर्पा जीवितै भेटिए
images

काठमाडौँ । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक हिलारी भनिने दावा शेर्पा आज बिहान गम्भीर बिरामी अवस्थामा भेटिएका छन् ।

सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी)का कामदाहरुले उनलाई आइसफल क्षेत्रबाट आधार शिविरतर्फ घस्रिदै आइरहेको अवस्थामा फेला पारेर उद्दार गरेको पर्यटन बोर्डका पूर्व सदस्य ङावाङिमा शेर्पाले जानकारी दिए । आरोही पर्यटकहरुको सहयोगीका रुपमा गएका ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाका शेर्पा एक सातअघि आधार शिविर फर्किने क्रममा हराएका थिए ।
 
उनको खोजीका लागि सगरमाथाको तेस्रो शिविर आसपास हेलिकोप्टरबाट खोजी गर्दा समेत भेटिएका थिएनन् । उनी आज बिहान खुम्बु आइसफल क्रयाम्पन पोइन्ट छेउबाट आधार शिविरतर्फ घस्रिदै आएको अवस्थामा एसपीसीसीका कामदारले देखेर उद्दार गरेको कार्यकारी निर्देशक छिरिङ शेर्पाले जानकारी दिए ।
 
हिउँले खुट्टा र हात खाएको अवस्थामा भेटिएका उनलाई प्रारम्भिक उपचार र खाना दिइएको छ । उनको अवस्था स्थिर रहेको र हेलिकोप्टरबाट उद्दार गरिने बताइएको छ । पर्वतरोहण क्षेत्रका व्यक्तिहरुले उनी एक सातापछि जीवितै भेटिएको घटनालाई चमत्कार भनेका छन् ।

images
प्रकाशित मिति :जेठ २१, २०८३ बिहिवार - १५:१०:१३ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology