भरतपुर । गर्मी समय बढेसँगै यहाँको बजारमा मोहीको माग अत्याधिक बढ्दै गएको छ । बजारमा पाइने अन्य पेयपदार्थको तुलनामा स्वस्थकर हुने भएकाले पछिल्लो समय मोही पिउने उपभोक्ताको संख्या वृद्धि भएको छ ।
पिठुवा डेरीका व्यवस्थापक गुणराज रेग्मी गत वर्षको तुलनामा यस वर्ष मोहीको माग बढेको बताउँछन् । उनले दैनिक १२० लिटर हाराहारी मोही बिक्री गर्दै आएको बताउँछन् ।
हाल जिल्लामा सहकारी र निजी क्षेत्र गरी १४ वटा उत्पादकले मोही उत्पादन गरी बिक्री गर्दै आएका छन् । मोही उत्पादक बढे पनि माग पनि उत्तिकै बढ्दै गएको उनी बताउँछन् । रासस