Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको रजत जयन्ती सम्पन्न

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको रजत जयन्ती सम्पन्न

इच्छाकामना न्युज

११, जेठ २०८३
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको रजत जयन्ती सम्पन्न
images

पोखरा ।

images
images

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा संस्थाको "रजत जयन्ती,स्मारिका विमोचन एवम् छात्रवृत्ति वितरण कार्यक्रम"पोखरामा भव्यताका साथ सम्पन्न भएको छ ।

a8bbaa70-9949-482a-870e-046cd3f1d951.jfif

२५ औं बर्ष पूरा भएको अवसरमा संस्थाको स्थापना कालदेखिका तथ्यांकहरु, विभिन्न प्रबुद्ध व्यक्तिहरुको लेखरचना र विभिन्न व्यवसायीहरु एवम् शुभ चिन्तकहरुको विज्ञापन तथा शुभकामनाहरु समेटिएको स्मारिका विमोचन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती तमुको प्रमुख अतिथ्यता रहेको थियो । प्रमुख अतिथि तमुले संस्थाले शैक्षिक क्षेत्रमा गरेको महत्वपूर्ण योगदानले तमु समुदायलाई मात्रै नभइ राष्ट्रलाई नै टेवा पुर्याइएको कुरा जानकारी गराउदैँ कास्की,तनहुँ,लमजुङ, स्याङ्जा र पर्वतका ६४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियोे । साथै सो कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका निवर्तमान कार्य वाहक अध्यक्ष एवम् वातावरण विद् जुद्व तमु,डाइमण्ड बिद्विष्ट सेन्टर यु.के. का संस्थापक अध्यक्ष एवम् साहित्यकार सुमलकुमार तमु,संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाहकार संयोजक चिजकाजी तमु,संस्थाका प्रथम उपाध्यक्ष भेषबहादुर तमुले मन्तव्य राखेका थिए ।

98f76d6a-5ea9-4b14-a240-7bdc2d98d419.jfif

कार्यक्रममा संस्थाको औचित्य र गतिविधि समेटिएको श्रव्य दृश्य सामाग्री प्रदर्शन गरेको थियोे । कार्यक्रममा अक्षयकोष दाताहरु सुमलकुमार तमु र तमु समाज वेल्जियमलाई कदरपत्र प्रदान गर्नुको साथै चेक हस्तान्तरण गरिएको थियो । २५० भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुको नृत्य प्रदर्शनले कार्यक्रममा थप रौनक र भरपुर मनोरञ्जन दिइएको थियो ।

3918da70-cad6-43c8-aa3e-ac5e4b5fe2b5.jfif

लगभग ३ दशक अगाडि जापनमा कार्यरत कर्मठ युवाहरुको अवधारणा सहित गठित यस संस्था २०५८ साल जेठ ७ गते विधिवत रुपमा स्थापना भएको यस संस्थाले रजत जयन्ती मनाउने क्रममा २०८२ मा कात्तिक २८ गते "पोखरा महानगर स्तरको माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता" आयोजना गरिएको थियो भने पुस ४ गते पुनर्मिलन कार्यक्रम आयोजना गरिएको थियो भने गत फागुनमा आयोजना गरिएको संस्थाको बार्षिकोत्सव कार्यक्रममा पनि रजत जयन्ती बिशेष कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रम यहीँ जेष्ठ ९ गते शनिबारका दिन एक वर्षे रजत जयन्ती कार्यक्रम समापन भएको छ । उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्री जङ तमुको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रम सचिब कन्चन तमुले संचालक गरेका थिए ।

images
प्रकाशित मिति :जेठ ११, २०८३ सोमवार - १४:४९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology