Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

प्रयोगकर्तालाई थाहा नदिइ विधेयक निर्माण हुनु हुँदैनः सभामुख डोलप्रसाद अर्याल

प्रयोगकर्तालाई थाहा नदिइ विधेयक निर्माण हुनु हुँदैनः सभामुख डोलप्रसाद अर्याल

images

रासस

८, जेठ २०८३
प्रयोगकर्तालाई थाहा नदिइ विधेयक निर्माण हुनु हुँदैनः सभामुख डोलप्रसाद अर्याल
images

काठमाडौँ ।

सभामुख डोलप्रसाद अर्यालले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा विधायकले ध्यान दिनुपर्ने बताउनुभएको छ । पूर्वसांसद मञ्च नेपालले आज ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवादमा उहाँले पुराना कानुनको संशोधन र खारेजी तथा भविष्यलाई हेरेर विधायकी कामकारबाही अघि बढाउनुपर्ने बताउनुभयो ।

सभामुख अर्यालले विधेयकको मस्यौदा निर्माणमा भइरहेको अभ्यासले व्यावहारिकतालाई सम्बोधन गर्न नसकिरहेको दृष्टान्त सुनाउनुभयो । “विधेयकको निर्माण कसले गर्दिन्छ, कसलाई सोधेर र कोसँग छलफल गरेर गरिन्छ ?”, उहाँले भन्नुभयो ।

कानुनको प्रयोगकर्तालाई थाहा नदिई निर्माण भएका कतिपय विधेयकले हाम्रो भूगोल र चेतनाको स्तरलाई समेट्न नसकेको पाइएको उहाँको भनाइ छ । “कानुनको प्रयोगकर्तालाई कस्तो कानुन बन्छ भन्ने थाहा हुँदैन । हामी कानुन बनाइदिन्छौँ, ‘तिमी प्रयोग गर’ भनेर लाद्ने कोसिस गर्छौँ”, सभामुख अर्यालले भन्नुभयो, “यसबाट जनताले आफूले प्रयोग गर्ने काननु थाहा पाउँदैनन् र जबर्जस्ती सो कानुन पालना गर्न बाध्य हुन्छन् ।”

सभामुख अर्यालले मुलुकमा गणतन्त्रको बिहानी ल्याउन पूर्वसांसदहरुले खेलेको भूमिका असाधारण रहेको बताउनुभयो । उहाँले अग्रजहरूको अनुभव र तत्कालीन राजनीतिक परिस्थितिमा गरेको सङ्घर्ष तथा पछिल्लो पुस्ताको क्रियाशीलताबाट मुलुक समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

मञ्चका उपाध्यक्ष सुशीला शर्माले पूर्वसांसदको अनुभव र वर्तमान सांसदको क्रियाशीलताले संसदीय अभ्यासले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । मञ्चका कार्यवाहक अध्यक्ष विष्णुबहादुर राउतले ‘संसदीय समितिमा विधायकी अभ्यास’, ‘संसदीय समितिमा गैरविधायकी अभ्यास’ र ‘अन्तरराष्ट्रिय महासन्धि र अदालतका आदेश कार्यान्वयनमा समितिको भूमिका’ विषयमा विज्ञबाट प्रस्तुति गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका विषयगत समितिका सभापति, पूर्वसांसद, संविधानसभा सदस्य, बहालवाला सांसद, सङ्घीय संसद् सचिवालयका महासचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलगायत उपस्थिति हुनुहुन्थ्यो । रासस

images
प्रकाशित मिति :जेठ ८, २०८३ शुक्रवार - १४:५६:४३ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology