काठमाडौँ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रवर्तित जनताको बहुदलीय जनवादले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गप्रशस्त गर्दै एमालेलाई राजनीतिक शक्तिका रूपमा स्थापित गर्न अतुलनीय भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ । रासस