Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

images

रासस

२, जेठ २०८३
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
images

मुस्ताङ।

पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुुको आक्रमणबाट २३९ वटा पशुधनको क्षति भएको छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय जोमसोमको वार्षिक तथ्याङ्कअनुसार यहाँका बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा किसानका २३९ पशुधनको क्षति भएको हो ।

कृषि तथा पशुपालन र पर्यटन केन्द्रित जिल्लामा पशुपालन व्यवसाय वर्षौंदेखि गरिँदै आइएको छ । पछिल्लो समय भने यहाँका उच्चलेकका चरनक्षेत्र र बस्तीमा खडा गरिएका याकचौँरी र भेँडाच्याङ्ग्राको वासस्थान वन्यजन्तुको जोखिममा पर्न थालेपछि असुरक्षित बन्दै जान थालेका छन् ।
मानव–वन्यजन्तु द्वन्द्वका कारण यहाँको परम्परागत पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको स्थानीय बताउँछन् । हिउँ चितुवा, चितुवा र ब्वाँसोको आक्रमणका कारण पशुधनमा क्षति हुन थालेपछि परम्परागत पशुपालन व्यवसाय जोखिममा पर्न थालेको किसान बताउँछन् ।

हालसम्म तीन पालिकाका ६८ परिवार घरधुरीका २३९ वटा पशुधनमा हिउँ चितुवा, चितुवा र ब्वाँसोले क्षति पु¥याएको एक्यापका प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो चार आर्थिक वर्षमा वन्यजन्तुका कारण १२ याक, सात चौँरी, ११७ च्याङ्ग्रा, ३८ भेँडाबाख्रा, दुई खच्चड र आठ वठा घोडा मरेका छन् भने बाँकी अरु पशुधन रहेका छन् ।

यहाँका तीन गाउँपालिकाअन्तर्गत पहिलो आव २०७९/८० मा ३१, आव २०८०/८१ मा ५६, आव २०८१/८२ मा ८६ र चालु आवको वैशाखसम्म ६६ वटा पशुधनमा वन्यजन्तुले क्षति पु¥याएका एक्याप प्रमुख गुप्ताले जानकारी दिनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा व्न्यजन्तु संरक्षण विभागको वन्यजन्तु क्षति राहत निर्देशिका, २०८० अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले वन्यजन्तुबाट क्षति भएका पीडित किसानलाई क्षतिपूर्तिबापत राहत रकम उपलब्ध गराउँदै आइरहेको छ । उक्त निर्देशिका अनुसार याकचौँरी, घोडा र खच्चडको बढीमा रु ६० हजार र भेँडाच्याङ्ग्राको बढीमा रु १० हजारसम्म राहत रकम उपलब्ध गराउने गरिएको एक्याप जोमसोमका प्रमुख गुप्ताले बताउनुभयो ।

एक्याप जोमसोमले यहाँका तीन पालिकाका पीडित किसानलाई चार आर्थिक वर्षमा पशुधन क्षतिबापत रु २५ लाख २१ हजार राहत हस्तान्तरण गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको वैशाखसम्मको क्षतिपूर्तिबापतको रु पाँच लाख २९ हजार सम्बन्धित पशुधनीको बैंक खातामा उपलब्ध गराइएको छ ।

यसैगरी एक्याप संरक्षित उपल्लो मुस्ताङमा पनि एक्याप लोमान्थाङले पछिल्लो तीन आर्थिक वर्षमा वन्यजन्तुबाट भएका पशुधन क्षतिको राहत उपलब्ध गराएको छ । तीन आवमा रु ४५ लाख ९९ हजार पीडित पशुधनीको बैंक खातामा उपलब्ध गराइएको एक्याप लोमान्थाङ कार्यालयले जनाएको छ ।

जलवायु परिवर्तनका कारण उच्चलेक, खर्क र पाटनमा पानीका स्रोत घट्दै जानु, चरनक्षेत्रमा घाँस पलाउन कम हुनु र जङ्गली जनावर तथा हिउँ चितुवा आहारा प्रजाति पछ्याउँदै स्ती नजिक झर्नुलगायत कारणले यहाँका पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेका एक्याप प्रमुख गुप्ताले बताउनुभयो । जलवायु परिवर्तनका कारण हिउँ चितुवालगायत जङ्गली वन्यजन्तु आहार पछ्याउँदै बस्तीमा देखा पर्न थालेकाले जोखिम थप बढ्दै गएको उहाँको भनाइ छ ।

यहाँका पशुपालक किसानको पशुचौपाया पालन गर्ने गोठ र खोरहरू गुणस्तरीय र दिगो भौतिक संरचना नहुँदा पनि वन्यजन्तुले पशुधनमा क्षति पु¥याउने क्रम बढेको एक्याप कार्यालयले जनाएको छ । रासस

 
 

images
प्रकाशित मिति :जेठ २, २०८३ शनिवार - १२:४४:५२ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology