काठमाडौँ ।
भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपालको व्यापार, पारवहन तथा लगानी सहजीकरणसम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ ।
त्यसैगरी, श्यामाप्रसाद मुखर्जी बन्दरगाह, कोलकाताका ट्राफिक प्रबन्धक रविशङ्कर राजहंसले बन्दरगाहमा उपलब्ध सुविधा, पूर्वाधार विकासका काम तथा नेपालतर्फ जाने मालसामानको ढुवानी सहज बनाउन अपनाइएका उपायबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रमका सहभागीहरूले व्यापार सहजीकरण, भन्सार समन्वय, ढुवानी व्यवस्थापन, सम्पर्क सञ्जाल विस्तार तथा लगानी प्रवद्र्धनका विषयमा सुझाव राखेका थिए । सहभागीले उठाएका जिज्ञासा तथा समस्याबारे महावाणिज्यदूत झक्कप्रसाद आचार्यले जवाफ दिनुभएको थियो । उहाँले नेपाल–भारतबीच व्यापार सहजीकरण, सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक सहकार्य प्रवद्र्धनका लागि महावाणिज्यदूतावासले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस