Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

चितवन कारागारबाट फरार भारतीय कैदी पक्राउ

चितवन कारागारबाट फरार भारतीय कैदी पक्राउ

images

रासस

२५, बैशाख २०८३
चितवन कारागारबाट फरार भारतीय कैदी पक्राउ
images

चितवन।

कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारतीय नागिरक रहेका छन् । यस कारागारमा रहेका ११ जना भारतीय नागरिक भागेका थिए । उनलाई वीरगञ्जबाट पक्राउ गरी ल्याइएको हो ।

कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेकी ७० वर्षीया रुवेदा खातुन भनिने सुशीला देवीलाई पक्राउ गरी ल्याइएको हो । जेनजी प्रदर्शनका क्रममा कारागारबाट गत भदौ २५ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये अहिलेसम्म ६४० जना कैदीबन्दी फर्किएका छन् । अझै १०३ जना फर्कन बाँकी रहेको उहाँले बताउनुभयो ।
अहिले सम्पर्कविहीन भएकामा धेरै लागुऔषध र जबर्जस्ती करणीका रहेको उहाँले जानकारी दिनुभयो । फरार भएकामध्ये दुर्लभ एकसिँगे गैँडा चोरी सिकारीसमेत रहेका छन् । कारागार कार्यालयले असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि सूचना जारी गरेको थियो ।

कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ । फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी कारबाही गरिने उहाँले बताउनुभयो । रासस

 
 

images
प्रकाशित मिति :बैशाख २५, २०८३ शुक्रवार - १२:५६:२० बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology