काठमाडौँ।
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । विसं १९५८ वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिकका रुपमा प्रकाशन भएको दिनको अवसर पारेर २०७३ सालदेखि सरकारले हरेक वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरुआत गरेको हो ।
यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमल्सिनासहितले शुभकामना सन्देश दिनुभएको छ ।रासस