Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मकवानपुरको सुनाचुरीमा एकाबिहानै रात्रीबस र ट्रक जुध्यो, ३ जनाको मृत्यु 

मकवानपुरको सुनाचुरीमा एकाबिहानै रात्रीबस र ट्रक जुध्यो, ३ जनाको मृत्यु 

images

इच्छाकामना न्युज

२९, फाल्गुण २०७७
मकवानपुरको सुनाचुरीमा एकाबिहानै रात्रीबस र ट्रक जुध्यो, ३ जनाको मृत्यु 
images

मकवानपुर, २९ फागुन । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६सुनाचुरीमा बस र ट्रक एकआपसमा जुध्दा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । काँकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एकआपसमा ठोकिँदा बसका चालकसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले सीआईएनलाई जानकारी दिनुभयो ।

पूर्वपश्चिम राजमार्गअन्तर्ग हेटौंडा–चितवन सडक खण्डमा बिहान ३ बजेतिर बस र ट्रक एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा बसमा यात्रा गरिरहेका ७ र ट्रकमा सवार चालकसहित ३ जना गरी १० जना घाइते भएको र उनीहरुको भरतपुर चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उहाँको भनाइ छ ।तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७७ शनिवार - ०९:०७:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology