Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

ओडेसामा रुसी आक्रमण, जापोरिज्झियाको परमाणु केन्द्रमा युक्रेनी ड्रोन प्रहार

ओडेसामा रुसी आक्रमण, जापोरिज्झियाको परमाणु केन्द्रमा युक्रेनी ड्रोन प्रहार

images

रासस

१४, बैशाख २०८३
ओडेसामा रुसी आक्रमण, जापोरिज्झियाको परमाणु केन्द्रमा युक्रेनी ड्रोन प्रहार
images

मस्को

रुस र युक्रेनबिचको लडाई फेरि चर्किएको छ । युक्रेनी अधिकारीहरूका अनुसार दक्षिणी बन्दरगाह सहर ओडेसामा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा ११ जना घाइते भएका छन्, जसमा दुई बालबालिका पनि परेका छन् । 

ओडेसा क्षेत्रका गभर्नर ओलेक किपरका अनुसार तीन वटा जिल्लामा आक्रमण भएको थियो । आक्रमणबाट आवासीय भवन, सवारी साधन, होटल, गोदाम र फ्युनिक्युलर रेलमार्गजस्ता संरचनामा क्षति पुगेको छ । धेरै भवनका झ्यालहरू फुटेका छन् र बन्दरगाह क्षेत्रमा पनि असर परेको छ ।


यसैबिच, दक्षिणपूर्वी जापोरिज्झिया क्षेत्रमा रुसी आक्रमणमा ५९ वर्षीय एक व्यक्तिको मृत्यु भएको गभर्नर इभान फेदोरोभले बताएका छन् । उनका अनुसार एकै दिनमा ४५ स्थानमा ६२९ आक्रमण गरिएको छ, जसले घर र पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको छ । 
रुसी पक्षले भने जापोरिज्झिया परमाणु ऊर्जा केन्द्रमा युक्रेनी ड्रोन आक्रमण भएको दाबी गरेको छ । उक्त केन्द्रमा कार्यरत एक चालकको मृत्यु भएको बताइएको छ । यो परमाणु केन्द्र हाल रुसको नियन्त्रणमा रहेको छ । तर त्यो सञ्चालनमा छैन । उता, बेलगोरोद क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण भएको रुसी अधिकारीहरूले बताएका छन्, जहाँ एक जनाको मृत्यु भएको र चार महिला घाइते भएको जानकारी दिइएको छ । 

images
प्रकाशित मिति :बैशाख १४, २०८३ सोमवार - १६:३९:१५ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology