Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

मुस्ताङमा यार्सा सङ्कलन सुरु

मुस्ताङमा यार्सा सङ्कलन सुरु

images

रासस

१४, बैशाख २०८३
मुस्ताङमा यार्सा सङ्कलन सुरु
images

मुस्ताङ, वैशाख १४ 

मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको हो ।

यार्सागुम्बा समून्द्री सहतको तीन हजारदेखि छ हजार मिटरको उचाइमा पाइने जडीबुटी हो । यहाँका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका आधा दर्जनभन्दा बढी स्थानमा हरेक वर्ष वैशाखदेखि असार मसान्तसम्म यार्सा सङ्कलन हुन्छ । यार्सा सङ्कलनका लागि जिल्लाका स्थानीय, जिल्लामा अस्थायी बसोबार गरेका व्यक्ति र जिल्ला बाहिरबाट उल्लेख्य व्यक्तिहरु लेक पुग्छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० अन्तर्गतका संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी) हरुले शुल्क लिएर यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिने गरेको एक्याप जोमसोमका प्राकृतिक स्रोत सरक्षण सहायक दीपक ओलीले जानकारी दिनुभयो । कार्यालयहरुले यार्सा सङ्कलनको अवधिभर कार्यविधि र मापदण्ड निर्धारण गर्छ । सङ्कलनका क्रममा हुनसक्ने जोखिम, चोरी शिकारी, वन डढेलो, अवान्छित र अपराधजन्य घटना रोकथाम गर्ने सर्त उल्लेख गरी अनुमति दिने चलन छ ।

थासाङ गाउँपालिकाको कोवाङ सीएमसीले सर्वसाधारण नागरिकलाई यार्सा सङ्कलन पूर्जी वितरण गरेको समितिका अध्यक्ष जीवन थकालीले जानकारी दिनुभयो । उहाँका अनुुसार स्थानीयलाई रु तीन हजार ५०० र जिल्ला बाहिरबाट आउनेलाई रु सात हजार शुल्क उठाउने गरिएको छ ।

कोवाङ समितिले मुलिखर्क, मुली, पड्के, ठूलो सरे र सानुसरेलगायतका लेकमा यार्सा सङ्कलन फुकुवा गरेको छ । समितिको लेकका लागि हालसम्म नौ स्थानीयसहित ८७ जनाले अनुमति लिएका छन् ।

थासाङको बतासेमा पनि सङ्कलन फुकुवा भइसकेको छ । उक्त लेकका लागि ४५ जनाले अनुमति लिएका छन् । टुकुचे समितिले स्थानीयलाई रु एक हजार रुपैयाँ र जिल्ला बाहिरका व्यक्तिलाई रु तीन हजार शुल्क तोकेको छ ।

थासाङको कुञ्जो लेकमा पनि यार्सा सङ्कलन सुरु भइसकेको छ । घरपझोङ गाउँपालिकास्थित संरक्षण व्यवस्थापन समितिले वैशाख २५ गतेदेखि यार्सागुम्बा सङ्कलन अनुमति दिने तयारी गरेकोसमितिका सचिव पवन गुरुङले जानकारी दिनुभयो ।

जोमसोम समितिले जोमसोम, ठिनी र ढुम्बा गाउँका स्थानीयलाई यार्सा सङ्कलनका लागि रु चार हजार र सोही क्षेत्रमा अस्थायी बसोबास गरी घरखेत कमाएर बसेका व्यक्तिलाई प्रतिव्यक्ति रु छ हजार शुल्क तोकेको छ ।

वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले आगामी जेठ २ गतेदेखि यार्सा सङ्कलन फुकुवा गर्ने तयारी गरेको छ । मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले नेर झोङ, लिरी, रिसम्बा र छिमीघ्वा लगायतका लेकहरुमा यार्सा संकलन गर्ने अनुमति दिने गरेको समितिका सचिव लाक्पाटसी गुरुङले जानकारी दिनुभयो । यार्सा सङ्कलन गर्ने व्यक्ति वा व्यापारीले जिल्ला बाहिर यार्सा निकासी गर्नुपरेमा रु तीन हजार १०० रुपैयाँ राजश्व बुझाउनु पर्ने नियम छ । रासस

images
प्रकाशित मिति :बैशाख १४, २०८३ सोमवार - १५:२५:४८ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology