Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

चितवनमा बसले रिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु

चितवनमा बसले रिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु

images

रासस

१४, बैशाख २०८३
चितवनमा बसले रिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
images

 चितवन, वैशाख १४

चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसले रिक्सा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। आज बिहान करिब ४:३० बजे झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १–१०–००१ ख ३९०१ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ गइरहेको तरकारी बोकेको रिक्सा ठक्कर दिएको हो।

दुर्घटनामा रिक्सा चालक पर्सा जिल्ला जिराभवानी गाउँपालिका–२ घर भई हाल खैरहनी नगरपालिका–१ मा डेरा गरी बस्दै आएका ४३ वर्षीय किसुन महतो थारू गम्भीर घाइते भएका थिए। उनीलाई उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएकोमा बिहान ५:०५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

ठक्कर दिने बस र चालक सिराहा जिल्ला लहान नगरपालिका–१ बस्ने २६ वर्षीय श्याम कुमार रामलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

images
प्रकाशित मिति :बैशाख १४, २०८३ सोमवार - १४:१८:४७ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology