काठमाडौं, वैशाख १४
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन् ।
उनले आज अरूको घरमा डोजर पुग्दा समर्थन गर्नेहरूकै घरमा भोलि डोजर चल्लन सक्ने बताए । उनले लेखेका छन्, ‘मलाई गाली गर्नेहरुकै घरमा कुनै दिन डोजर आइपुग्यो भने चाहिँ के भन्दा हुन् मलाई ! अरुलाई खाने बाघले आफुलाई पनि खान्छ है !’