सिरहा, वैशाख १४
सिरहामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन् । सिरहा जिल्लाको मिर्चैया नगरपालिका–९ भगवानपुर टोलमा मंगलबार राति करिब १०ः३० बजे परेको चट्याङका कारण उक्त घटना भएको हो ।
घटनामा उनका श्रीमान् ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन् । उनलाई तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको र हाल अवस्था मध्यम रहेको बताइएको छ ।
घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ । चट्याङसँग सम्बन्धित घटनाहरू बढ्दै गएको भन्दै सतर्क रहन स्थानीयवासी लाई अनुरोध गरिएको छ । न्यूज बैंक