Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भारतमा वेश्यालय संचालन गर्ने नुवाकोटकी एक महिला पक्राउ

भारतमा वेश्यालय संचालन गर्ने नुवाकोटकी एक महिला पक्राउ

images

इच्छाकामना न्युज

२८, फाल्गुण २०७७
भारतमा वेश्यालय संचालन गर्ने नुवाकोटकी एक महिला पक्राउ
images

काठमाडौं ,२८ फागुन । भारतको नयाँ दिल्लीमा वेश्यालय सञ्चालन गर्ने एक महिला पक्राउ परेकी छिन् । नुवाकोट प्रहरीको सहयोगमा मानव बेचविखन अनुसन्धान ब्युरोले मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी उनलाई नुवाकोटबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नुवाकोटको दुप्चेश्वर नगरपालिका २ की ६२ वर्षीया चमेली र सीता तामाङ भन्ने रुकमाया तामाङ पक्राउ परेकी हुन्। प्रहरीका अनुसार उनले नयाँ दिल्लीस्थित जीबी रोड ५६ नं गल्लीमा कोठी सञ्चालन गर्दै आएकी थिइन्। ब्युरोका डीएसपी ढुण्डिराज नेउपानेका अनुसार जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा विदुर नगरपालिकाबाट पक्राउ परेकी तामाङलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको छ ।

रुकमायाकी सहयोगीले चितवनमा चिनजानको मानिसको घरमा काम लगाइदिन्छु भन्दै काठमाडौं ल्याएर भारत पु¥याएकी थिइन्। काठमाडौंको कलंकीबाट बसमा चढाई लैजाने क्रममा पानीमा बेहोस हुने औषधि मिसाएर खुवाएको भन्दै उनीविरुद्ध जाहेरी परेको थियो। प्रहरीका अनुसार भारतको नयाँदिल्ली पु¥याएर रुकमायाले सञ्चालन गरेको कोठीमा लगी बिक्री गरेको पाइएको थियो।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - २२:५०:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology