काठमाडौं, वैशाख १२
काठमाडौँ उपत्यका विकास प्राधिकरणकी प्रशासन प्रमुख कविता केसी बोगटीले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा वास्तविक सुकुम्बासीहरूको पहिचान गरी अस्थायी व्यवस्थापन गरिएको बताएकी छन्।
महामारी रोकथाम तथा नियन्त्रणमा फोकल पर्सनको रूपमा कार्यरत भुसालले नेपाल सरकारको आह्वानअनुसार सुकुम्बासीहरूलाई हालको स्थानबाट सुरक्षित स्थानमा सार्ने क्रममा स्वास्थ्यजन्य समस्या आउन सक्ने भएकाले मेडिकल टोली खटाइएको बताए।
उनका अनुसार टोली सिफ्टअनुसार परिचालित छ, जसमा ४ जना डाक्टरसहित नर्सिङ टोली गरी १२ देखि १५ जना स्वास्थ्यकर्मी रहेका छन्। प्राथमिक उपचार, मानसिक समस्या देखिए काउन्सिलिङ, तथा आवश्यक परे सम्बन्धित अस्पतालसम्म लैजान एम्बुलेन्सको समेत व्यवस्था गरिएको उनले बताए।