Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

साढे २ किलो युरेनियम सहित ४ जना पक्राउ

साढे २ किलो युरेनियम सहित ४ जना पक्राउ

images

इच्छाकामना न्युज

२८, फाल्गुण २०७७
साढे २ किलो युरेनियम सहित ४ जना पक्राउ
images

काठमाडौं, २८ फागुन  । साढे २ किलो युरेनियमसहित चारजना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरी बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी ५ का ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोरका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी गाउँपालिका ४ का २० वर्षीय मनोज न्यौपाने रहेका छन्।

एआईजी हरिबहादुर पालका अनुसार नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो ।

बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनियम भएको परीक्षणबाट पुष्टि भएको उनले जानकारी दिए । अमेरिकाको ऊर्जा मन्त्रालयका अनुसार १ किलो शुद्ध युरेनियमको मूल्य करिब १८ अर्ब रुपैयाँ पर्छ।

उनीहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - २२:४३:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology