Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

असिनापानीका कारण कुरिनटार र मुग्लिन आसपास ७४ वटा गाडीमा क्षति

असिनापानीका कारण कुरिनटार र मुग्लिन आसपास ७४ वटा गाडीमा क्षति

इच्छाकामना न्युज

७, बैशाख २०८३
असिनापानीका कारण कुरिनटार र मुग्लिन आसपास ७४ वटा गाडीमा क्षति
images

कुरिनटार । आइतबार साँझ चितवनमा असिनापानी पर्‍यो। मौसम बिगिएर असिनापानी पर्दा ७४ सवारी साधनमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका ३, ५ र ५ कुरिनटार, मुग्लिनसहित पृथ्वीराजमार्गबाट विभिन्न गन्तव्यतर्फ जाँदै गरेका र पार्किङमा राखिएका सवारी साधनमा क्षति पुगेको हो।

images
images

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीषक रवीन्द्र खनालका अनुसार क्षति पुगेका सवारीसाधनहरुमा कार ५७, माइक्रोबस १५, मोटरसाइकल र ट्रक एक एक छन्। उनका अनुसार अधिकांश सवारी साधनका सिसा फुटेका छन्।

images
प्रकाशित मिति :बैशाख ७, २०८३ सोमवार - १०:४९:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology