चितवन फाल्गुन,२८। चितवन शनिवार चितवनमा बिहान देखि ५ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । शनिबार मर्मतका लागि भन्दै विद्युत आपूर्ति ५ घण्टा बन्द गर्न लागिएको हो । विहान ९ बजेदेखि दिउसो २ बजेसम्मका लागि बन्द हुने नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखाले सूचनामा जारी गरिएको छ । हेटौंडा ग्रिड महाशाखा अन्तर्गतको १३२÷३३÷११ केभि भरतपुर सबस्टेशनमा १३२ केभि बसबार कण्डक्टर मर्मत, सिटिपिटि चेन्ज लगायतका अन्य आवश्यक मर्मत सम्हार गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको सूचनामा लेखिएको छ । शनिवार भरतपुर सबस्टेशन, चनौलि सबस्टेसन र पर्सा सबस्टेसनबाट प्रसारित तथा वितरित सम्पूर्ण फिडहरु अबरुद्ध हुने महाशाखा प्रमुख ई.राजु श्रेष्ठद्धारा जारी सुचनामा लेखिएको छ ।