Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन प्ये ल्हु संघ हङकङको माग

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन प्ये ल्हु संघ हङकङको माग

इच्छाकामना न्युज

३, बैशाख २०८३
क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन प्ये ल्हु संघ हङकङको माग
images

गण्डकी । तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास र महत्त्वलाई उजागर गर्दै विश्वसम्पदा सूचीमा दर्ता गराउन माग गरेको हो ।

images
images

भ्रमण टोलीले यही चैत २५ देखि ३० गतेसम्म कास्कीको ताङतिङ, कर्पुडाँडा, तप्रोखर्क, क्व्होलासोंथार हुँदै सिक्लेससम्मको पदयात्रा गर्दै त्यहाँको धार्मिक तथा ऐतिहासिक महत्त्वका विभिन्न विषयबारे जानकारी लिएको सङ्घका अध्यक्ष तमुले जानकारी गराए । सङ्घले क्व्होलासांथारमा भएका महत्त्वपूर्ण सामग्रीहरू हराउँदै गएकाले सम्बन्धित निकायले नीति नियम बनाई संरक्षण गर्नुपर्ने माग गरेको छ ।

क्व्होलासोंथार भ्रमणमा जाने समयमा आकस्मिक उद्धारका लागि हेलिप्याड निर्माण गर्नुपर्ने, त्यस स्थलको प्रचारप्रसार गर्दै विश्वभरका मानिसलाई आकर्षित गर्नुपर्ने, क्होलासोंथार जाने मार्गमा ठाउँठाउँमा खानेपानी, शौचालयजस्ता पूर्वाधार विकास गर्नुपर्ने जनाएको छ ।

सङ्घका केन्द्रीय महासचिव हर्क गुरुङले क्व्होलासोंथारको ऐतिहासिकता उजागर गर्न सकिएमा त्यो तमु समुदायको मात्रै नभएर राष्ट्रकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुने बताए । सबैको सामूहिक प्रयासबाट यसको प्रवद्र्धन र विकास गरिनुपर्ने उनको भनाइ छ ।

images
प्रकाशित मिति :बैशाख ३, २०८३ बिहिवार - ०८:१०:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology