Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाल टेलिकमको नयाँ वर्ष अफर : ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटाको सुविधा

नेपाल टेलिकमको नयाँ वर्ष अफर : ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटाको सुविधा

इच्छाकामना न्युज

३०, चैत्र २०८२
नेपाल टेलिकमको नयाँ वर्ष अफर : ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटाको सुविधा
images

काठमाडौँ । नयाँ वर्ष २०८३ को उल्लाससँगै नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आकर्षक 'न्यु इयर अफर' सार्वजनिक गरेको छ। सरकारी स्वामित्वको यस दूरसञ्चार कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै विशेष डाटा प्याकेजहरू ल्याएको हो।

images
images

कम्पनीले यसपटक 'न्यु इयर लाइट' र 'न्यु इयर प्रिमियम' गरी दुई विकल्प अगाडि सारेको छ, जसले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट अनुभव दिने अपेक्षा गरिएको छ। टेलिकमका अनुसार 'न्यु इयर लाइट' प्याकेज अन्तर्गत ग्राहकले ४९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन ५ जीबी डाटा चलाउन पाउनेछन्।

तोकिएको दैनिक ५ जीबीको सीमा सकिए पनि इन्टरनेट काटिने छैन, बरु २ एमबीपीएसको गतिमा महिनाभर अनलिमिटेड डाटा प्रयोग गर्न सकिने सुविधा दिइएको छ। त्यसैगरी, अलि बढी डाटा खपत गर्नेहरूका लागि 'न्यु इयर प्रिमियम' प्याकेज ल्याइएको छ। ६९९ रुपैयाँ पर्ने यस प्याकेजमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ भने दैनिक सीमा सकिएपछि ३ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन पाइनेछ।

यो विशेष अफर आज चैत ३० गतेदेखि सुरु भई आगामी वैशाख २ गतेसम्म मात्र खरिद गर्न सकिनेछ। ३० दिनको समयावधि रहने यी प्याकेजहरू पोस्टपेड मोबाइल प्रयोगकर्ताले खरिद गर्दा त्यसको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने टेलिकमले जनाएको छ। नयाँ वर्षको अवसरमा ग्राहकलाई सस्तो र गुणस्तरीय डाटा सेवा दिने उद्देश्यले यो योजना ल्याइएको कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिएका छन्।

टेलिकमको यो अफर लिन इच्छुक ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर आफूलाई मन पर्ने प्याकेज छनोट गर्न सक्नेछन्। यसका साथै 'नेपाल टेलिकम एप' मार्फत पनि यी प्याकेजहरू सजिलै खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।

new-year_p8135Dbxnj.jpg

images
प्रकाशित मिति :चैत्र ३०, २०८२ सोमवार - ०८:१४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology