Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

राजस्थान शीर्ष स्थानमा, मुम्बई २७ रनले पराजित

राजस्थान शीर्ष स्थानमा, मुम्बई २७ रनले पराजित

images

एजेन्सी

२५, चैत्र २०८२
राजस्थान शीर्ष स्थानमा, मुम्बई २७ रनले पराजित
images

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) खेलमा राजस्थान रोयल्सले जित हात पारेको छ । मंगलबार गुवाहाटीमा भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई २७ रनको पराजित गरेको हो ।

राजस्थानको यो लगातार तेस्रो जित हो । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेटको क्षतिमा १५० रन बनाएको थियो । 

राजस्थानका लागि ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले शानदार ब्याटिङ गरेका थिए । जैसवालले ३२ बलमा ७७ रन बनायो । अर्का ओपनर सूर्यवंशीले मात्र १४ बलको सामना गर्दा पाँच छक्कासहित ३९ रन बनाए ।

१५१ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र बनाएको थियो ।  तेस्रो जितसँगै राजस्थान रोयल्स ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

images
प्रकाशित मिति :चैत्र २५, २०८२ बुधवार - १०:२६:१७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology