Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन

अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन

इच्छाकामना न्युज

२५, चैत्र २०८२
अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन
images

अमरराज नहर्की, तनहुँ । तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन घुमाउने पुलको काम तत्काल सुरु गर्न अर्थमन्त्री एवम् तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले निर्देशन दिनुभएको छ । विगत १२ वर्षदेखि विभिन्न प्राविधिक कारण र डिजाइन परिवर्तनको विवादले अलपत्र परेको यो पुलको निर्माण कार्यलाई गति दिन उहाँले सम्बन्धित निकाय र निर्माण कम्पनीलाई सचेत गराउनुभएको हो ।

images
images

अर्थमन्त्री डा. वाग्लेले राष्ट्रिय गौरवको आयोजना र स्थानीय पूर्वाधारमा ढिलासुस्ती सह्य नहुने बताउँदै बजेट र समन्वयको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँको निर्देशनलगत्तै सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्राचार गर्दै काम सुचारु गर्न निर्देशन दिएको छ ।

सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठका अनुसार निर्माण व्यवसायीबाट पेस भएको ‘स्पेसिफिकेसन’ सहितको नयाँ डिजाइन तेस्रो पक्षका विज्ञबाट जाँच भई स्वीकृत भइसकेकाले अब काम रोक्नुपर्ने अवस्था छैन । वि.सं २०७० असार २८ गते सम्झौता भएको यस पुलको हालसम्म करिब ३६ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

अर्थमन्त्रीको प्रत्यक्ष निगरानी र निर्देशनपछि अब भने निर्माणले गति लिने विश्वास स्थानीयले लिएका छन् । पुल निर्माण संघर्ष समितिका संयोजक सिद्धान्त थापामगरले अर्थमन्त्रीको चासोले स्थानीयमा आशा जगाएको बताउनुभयो । यो पुल नबन्दा देवघाट, आँबुखैरेनी र बन्दीपुरका बासिन्दाले लामो समयदेखि सास्ती खेप्दै आएका छन् ।

पछिल्लो पटक वि.सं २०८३ असार मसान्तसम्मका लागि म्याद कायम गरिएको यस पुलको निर्माण जिम्मा मृत सञ्जीवनी निर्माण कम्पनीले लिएको छ । दमौली पुग्न बुद्धसिंह मार्ग हुँदै घुमाउनेबाट जाँदा मुग्लिङ–आँबुखैरेनी सडकभन्दा करिब २३ किलोमिटर दूरी छोटो पर्छ । नारायणगढबाट पोखरातर्फ जाने सवारीका लागि यो मार्ग छिटो र वैकल्पिक मानिन्छ । १०५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहने पुल १० करोड २१ लाख ८६ हजार ५५१ रुपियाँ लागतमा कम्पनीले ठेक्का लिएको थियो । १०५ मिटर लम्बाइको यो पुल निर्माण सम्पन्न भएपछि पोखरा र दमौलीबाट नारायणगढसम्मको यात्रा २३ किलोमिटर छोटो हुनेछ ।

लामो समयदेखि काम अलपत्र परेपछि स्थानीयमा आक्रोश बढेको छ । बुद्धसिंह मार्ग उपभोक्ता समितिका पूर्व अध्यक्ष यमबहादुर आलेका अनुसार पुल नबन्दा क्षेत्रको आर्थिक–सामाजिक गतिविधि प्रभावित भएको छ । आलेले भन्नुभयो, ‘‘हामीले छिटो पुल बनाउ पटक पटक दबाब दिएका छौं तर सुनुवाइ भएको छैन ।’’ 

images
प्रकाशित मिति :चैत्र २५, २०८२ बुधवार - १०:२३:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology