काठमाडौँ ,२९ फागुन । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार रातको समयमा पनि देशभरी आंशिक देखि सामान्य बदली रहने छ भने देशको पहाडी भू-भागका एकरदुई स्थानमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।