Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

प्रतिनिधि सभामा ५ जना गुरुङ सांसद आज शपथ हुदै तर मातृभाषामा कसैले शपथ नलिने

प्रतिनिधि सभामा ५ जना गुरुङ सांसद आज शपथ हुदै तर मातृभाषामा कसैले शपथ नलिने

इच्छाकामना न्युज

१२, चैत्र २०८२
प्रतिनिधि सभामा ५ जना गुरुङ सांसद आज शपथ हुदै तर मातृभाषामा कसैले शपथ नलिने
images

काठमाण्डौ । हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नवनिर्वाचित २७४ जना सांसदहरु मध्य गुरुङ समुदायबाट ५ जना सांसदको सहभागिता रहेको छ । उनीहरु सबैले आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीबाट पद तथा गोपनीयताको शपथ लिँदै छन् । 

images
images

नयाँ सांसदमा गुरुङ समुदायबाट प्रत्यक्षतर्फ रास्वपाबाट गोरखा १ का सुजन गुरुङ, कास्कि २ का बिना गुरुङ, समानुपातिकतर्फ गोरखाका एलिजा गुरुङ र नेपाली काँग्रेसको प्रत्यक्षतर्फ टेक बहादुर गुरुङ समानुपातिकबाट गीता गुरुङ रहेका छन् । 

नेपालको संविधानले मातृभाषामा शपथ लिन पाउने व्यवस्था गरेको छ तर नवनिर्वाचित गुरुङ सांसदहरुको प्राथमिकतामा मातृभाषा परेन । बुधबार साँझ ५ बजेसम्म ५४ जना सदस्यले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराएका छन्  जसमा कुनैपनि गुरुङ समुदायका सांसदले मातृभाषामा शपथ लिन निवेदन दिएका छैनन् । 

नेपालीबाहेक मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू, थारूलगायतका भाषामा शपथ लिने नवनिर्वाचित सदस्यले सचिवालयलाई जानकारी गराएका छन् । नवयुवा पुस्ताको आन्दोलनको जगमा भएको निर्वाचनबाट निर्वाचित सदस्यको शपथपछि कार्यकाल सुरु हुने छ ।

images
प्रकाशित मिति :चैत्र १२, २०८२ बिहिवार - १०:३४:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology