Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

महोत्सवमा सात जातिको मौलिक घर मुख्य आकर्षण बन्दै

महोत्सवमा सात जातिको मौलिक घर मुख्य आकर्षण बन्दै

images

इच्छाकामना न्युज

६, चैत्र २०८२
महोत्सवमा सात जातिको मौलिक घर मुख्य आकर्षण बन्दै
images

अमरराज नहर्की, तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारामा आजबाट सुरु हुन लागेको ‘पाँचौँ शुक्लागण्डकी महोत्सव’ मा सात जातिका परम्परागत मौलिक घरहरू निर्माण गरिएका छन् । आधुनिक कङ्क्रिटका संरचनाले गाउँघरको मौलिकता हराउँदै गइरहेका बेला आयोजकले गुरुङ, कुमाल, मगर, भुजेल, तामाङ, नेवार र राई समुदायका प्राचीन वास्तुकला झल्कने घरहरू प्रदर्शनमा राखेका हुन् ।

भानुभक्त बहुमुखी क्याम्पसको खेल मैदानमा आयोजना हुने यस महोत्सवमा आगन्तुकहरूले एउटै थलोबाट विभिन्न जनजातिको रहनसहन, प्राचीन निर्माण सामग्री र सांस्कृतिक विविधताको प्रत्यक्ष अनुभूति गर्न पाउनेछन् । नयाँ पुस्तालाई आफ्ना पुर्खाको जीवनशैली र सांस्कृतिक अभ्यासबारे जानकारी गराउने उद्देश्यले यी घरहरू निर्माण गरिएको आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष समुन्द्रराम श्रेष्ठका अनुसार महोत्सवमा ती जातीय घरहरूभित्र सम्बन्धित समुदायको मौलिक भेषभूषा र खानपानको समेत प्रदर्शनी गरिनेछ । “आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्धन’’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको यस महोत्सवमा १७५ वटा व्यावसायिक स्टलहरू रहेका छन् ।

महोत्सवमा जातीय घरहरूका अतिरिक्त सांस्कृतिक झाँकी प्रदर्शनी, दगाम भुजीकोट अवलोकन र मिलेनियम ट्रेक पदयात्रा जस्ता पर्यटकीय गतिविधि पनि समावेश गरिएको आयोजकले जनाएको छ । करिब दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको यस महोत्सवले आर्थिक मन्दीका कारण सुस्ताएको स्थानीय बजारलाई चलायमान बनाउने र पर्यटन प्रवर्धनमा कोशेढुङ्गा सावित हुने अपेक्षा अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०८२ शुक्रवार - ०७:१४:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology