Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अर्जुन गिरीको अध्यक्षतामा अकोराबको ३१ सदस्यीय नयाँ कार्यसमिति चयन 

अर्जुन गिरीको अध्यक्षतामा अकोराबको ३१ सदस्यीय नयाँ कार्यसमिति चयन 

images

सिआईएन

२७, फाल्गुण २०७७
अर्जुन गिरीको अध्यक्षतामा अकोराबको ३१ सदस्यीय नयाँ कार्यसमिति चयन 
images

काठमाण्डौ, २७ फागुन । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको सातौँ अधिवेशनले अर्जुन गिरीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पदका लागि भएको मतदानमा कुल खसेको १ सय ७९ मध्ये गिरीले १ सय ६३ मत पाएर निर्वाचित हुनुभयो ।  अध्यक्षका अर्का उम्मेदवार कपिलदेव खनालले १३ मत ल्याउनु भएको थियो भने ३ मत बदर भएको थियो ।

आज विहान सकिएको अधिवेशनले अन्य सबै पदमा सर्वसम्मत चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी, मधेश उपाध्यक्षमा निमेष कर्ण, जनजाति  उपाध्यक्षमा मिलन गाहा, महिला उपाध्यक्षमा बन्दना दनुवार र दलित उपाध्यक्षमा भुवन सिंह चयन हुनुभएको छ । महासचिवमा किशोरजङ्ग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा चयन हुनुभएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता डा. रामहरि त्रिपाठीले जानकारी दिनुभयो ।

खुल्ला केन्द्रीय सदस्यमा कृष्णहरि घिमिरे, नवीनराज पौडेल, ध्रुबराज ढकाल, रोशनमान श्रेष्ठ र शुक्रराज भण्डारी चयन हुनुभएको छ । महिला केन्द्रीय सदस्यमा कमला कँडेल, गीता न्यौपाने र दिपु पोखरेल (खेमकुमारी) चयन हुनुभएको छ । मधेसी केन्द्रीय सदस्यमा नवीननरसिंह नेपाली र अजयकुमार यादव, जनजाति केन्द्रीय सदस्यमा कष्णकुमार एस्माली र पुष्पा चौधरी, दलित सदस्यमा हेमन्तबहादुर विश्वकर्मा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश केन्द्रीय सदस्यमा प्रदेश १ बाट टेकबहादुर खड्का, प्रदेश २ बाट जिवछ चौधरी, बागमतीबाट भक्तबहादुर स्या्तान, गण्डकीबाट रामनारायण सुवेदी, लुम्बिनीबाट संगीत बस्याल, कर्णालीबाट बालकुमार शर्मा र सुदूरपश्चिम प्रदेशबाट केशवदत्त भट्ट चयन हुनुभएको छ । लेखा समिति संयोजकमा भूमिराज चापागाईँ र सदस्यमा रामभरोसी महतो र प्रल्हाद पोखरेल चयन हुनुभएको छ । अधिवेशनले प्रदेश नम्बर १ मा विदुर खवासको अध्यक्षतामा, प्रदेश नम्बर २ मा मनोजकुमार यादव, बागमती प्रदेशमा बलराम श्रेष्ठ, गण्डकी प्रदेशमा गणेश श्रेष्ठ, लुम्बिनी प्रदेशमा केपी घिमिरेको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । कर्णाली प्रदेशमा गोरखबहादुर शाही र सुदूरपश्चिममा जगतबहादुर खड्काको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै अध्यक्ष अर्जुन गिरीले आगामी दिनमा सामुदायिक रेडियो प्रसारक संघलाई सामुदायिक रेडियोहरूको हितमा अघि बढाउनका लागि सबै पक्षसँग सहकार्य गरिने बताउनुभयो ।

अकोराबको महाधिवेशनका लागि अनुकूल वातावरण नभएको भन्दै स्थगित घोषणा गर्ने निवर्चमान अध्यक्ष तथा महासचिव पक्षले भने नयाँ कार्य समिति चयन नै अवैधानिक भएको टिप्पणी गरेको छ । निवर्तमान अध्यक्ष सुवास खतिवडा र महासचिव गोबिन्द देवकोटाले विज्ञप्ति जारी गर्दै निर्वाचन समिति गठन लगायतका विषयमा आवश्यक पर्ने मापदण्ड पूरा नभएको दावी गर्नुभएको छ । 

images
प्रकाशित मिति :फाल्गुण २७, २०७७ बिहिवार - १९:०१:०७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology