Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

विमस्टेक शिखर सम्मेलनको तयारी सुरु

विमस्टेक शिखर सम्मेलनको तयारी सुरु

images

इच्छाकामना न्युज

२७, फाल्गुण २०७७
विमस्टेक शिखर सम्मेलनको तयारी सुरु
images

काठमाण्डौ, २७ फागुन । वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को शिखर सम्मेलनको तयारी सुरु भएको छ । श्रीलंकाको विदेश मन्त्रालयले आगामी अप्रिल १ मा १७ औं परराष्ट्र मन्त्रीस्तरीय भर्चुअल बैठकका लागि सबै सदस्य मुलुकलाई निमन्त्रणा पठाइएको जानकारी दिएको छ ।

श्रीलंका विमस्टेकको वर्तमान अध्यक्ष मुलुक हो । परराष्ट्रमन्त्री स्तरीय बैठक अगाडि मार्च ३१ मा उच्च अधिकारीहरुको बैठक हुने छ । सो बैठकले शिखर सम्मेलनको मिति तय गर्ने बताइएको छ । श्रीलंकाले यसै वर्ष हुने शिखर सम्मेलनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्नका लागि विदेश मन्त्रीस्तरीय बैठकको आयोजना गर्न लागेको जानकारी समेत गराएको छ ।तर, सम्मेलन भर्चुअल माध्यमबाट हुने कि भौतिक रुपमा नै भन्नेचाहिँ यकिन भएको छैन ।

यस विषयमा परराष्ट्रमन्त्रीहरुले आपसमा परामर्श गर्नेछन् । हरेक दुई वर्षमा हुनुपर्ने सम्मेलन सन् २०२० मा हुनुपर्ने थियो तर कोरोना महामारीको कारण आयोजना हुन सकेन । सन् २०२० मा नै भर्चुअल माध्यमबाट गर्न सकिने सम्बन्धमा विभिन्न चरण कुराकानी भएका थिए तर अगाडि बढेन । सन् २०१८ मा विमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएको थियो । तेस्रो शिखर सम्मेलन सन् २०१४ मा म्यानमारमा भएको थियो । कोरोना महामारीको असर कम हुँदै गएपछि यस वर्षको अन्त्यतिर शिखर सम्मेलन गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो ।

विमस्टेकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याण्ड सदस्य रहेका छन् । विमस्टेक स्थापना भएको दुई दशकभन्दा बढी भए पनि अहिलेसम्म चारवटा मात्र शिखर सम्मेलन भएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७७ बिहिवार - ०९:५६:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology